Techie IT
१२ साउन २०७८, मंगलबार

बालुवाटारमा प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ता

ओली सरकारसँग भएको सहमति कार्यन्वयनमा जोड


काठमाण्डौं ।

प्रधानमन्त्रीको सरका्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा विप्लवका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

बुधबार भएको भेटमा नेकपा विप्लवका महासचिव विप्लवले निवर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको समयमा भएका तीन बुँदे सहमतिलाई तत्काल कार्यान्वयन हुनु पर्ने माग राखेका थिए । यस्तै सोही अवसर्मा प्रधानमन्त्री देउवाले अघिल्लो ओली सरकारले गरेका सम्झौता कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको बताएका थिए ।

भेटवार्तामा महासभिव विप्लवले सहमति भएको चार महिना बितिसक्दा पनि सहमति अनुसार प्रतिबन्ध फुकुवा गर्नेबाहेक बन्दी रिहाइ र मुद्दा फिर्ताबारे काम हुन नसकेको गुनासो गरेका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्