Techie IT
१२ साउन २०७८, मंगलबार

नेपालमा थप २८३८ जनामा कोरोना संक्रमण,३० जनाको मृत्यु


काठमाडौँ । देशका विभिन्न प्रयोगशालाहरुमा बुधबार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा १,४७५ जना कोरोनाबाट निको भएका छन्।

काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्