Techie IT
सोमबार, फागुन २४,२०७७

काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको अबधि एक साता थपियो


काठमाडौं,भदौ १७

काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अबधि एक हप्ता थपिएको छ । भदौ २४ गते राती १२ बजेसम्मका लागि उपत्यकाको तीनै जिल्लामा लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरिएको बैठक निकट स्रोतले जानकारि दिएको छ । तर, यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ ।

निरन्तर दुई साता लामो निषेधाज्ञापछि तेस्रो पटक थपिएको समयसीमामा निर्माण सामग्री ढुवानी र होटल, रेष्टुरेण्टको ‘टेक अवे’ सेवालाई भने खुल्ला गरिएको बताइएको छ ।

अब, भन्सार तिरेका गाडी र मोटरसाईइकल पनि काठमाडौं उपत्यकामा ल्याउन छुट गरिएको छ । स्वास्थ्य मापदण्ड पुरा गरेर कारखाना भित्रै मजदुर राख्नेगरी उद्योग धन्दा संचालन गर्न पाउने निर्णय गरिएको छ ।

यसअघि साउन १७ गते राती १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । उक्त आदेश भदौ आज राति १२ बजे सकिँदै छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले त्यसलाई रोक्न निषेधाज्ञाको समय थपिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको कमेन्ट लेख्नुहोस्