Techie IT
शनिबार, फागुन १५,२०७७

१५ सय अंकबाट पनि उकालो लाग्यो सेयर बजार

२५ अंकले बढ्दा एकैदिन चार अर्ब १८ करोडको सेयर किनबेच


काठमाडौ, भदौ १७
सेयर बजार परिसुचक उच्च अंकले बढेको छ । आज बुधबार बजार परिसुचक २५ दसमलव ५८ अंकले उकालो लागेर १५ सय १० दसमलव ५७ अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दसमलव २५ अंकले उकालो लागेर तीन सय चार दसमलव ६० अंकमा चढेको छ । आज एक सय ८६ कम्पनीहरुको कारोवार भएको छ ।

जसअनुुसार ४५ हजार दुुई सय ७२ वटा कम्पनीहरुको ९६ लाख ८६ हजार नौ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम चार अर्ब १८ करोड १० लाख ३६ हजार एक सय १५ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । जसअनुुसार दुुई वटा समुहको सुचक ओरालो लागेको छ भने १० वटा समुहको सुचक उकालो लागेको छ ।

आज निर्जिवन बीमा र जीवन बीमा समुहको सुचक ओरालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स सहितका १० वटा समुहको सुचक उकालो लागेकाछन ।


क्याटेगोरी : समाचार



तपाईको कमेन्ट लेख्नुहोस्