Techie IT
सोमबार, फागुन २४,२०७७

सेमी अटोमेटिक पेस्तोलसहित ५ जना पक्राउ


काठमाडौं,भदौ १७

मोरङको विराटनगर महानगरपालिका-४ कंचनबारीबाट १ थान सेमी अटोमेटिक पेस्तोल, सोको १ थान म्यागजिन र ३ राउण्ड गोली सहित कटहरी गाउँपालिका-२ बस्ने २७ वर्षीय अभिषेक रायसहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

केही व्यक्तिहरुले व्यापारीहरुलाई धाकधम्की दिई रकम माग्ने तथा चोरी गर्ने कार्यमा संग्लन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल र उनीहरूले प्रयोग गरेको को.३२ प ७५२५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्