Techie IT
बिहीबार, कात्तिक १३,२०७७

पत्रकारद्वारा कल्याण कोषका लागि आर्थिक सहयोग


भोजपुर, भदौ १७
नेपाल पत्रकार महासङ्घ भोजपुर शाखामा पत्रकार कल्याण कोष स्थापना गरिएको छ । क्रियाशील पत्रकारको हितका लागि कल्याण कोषको स्थापना गरिएको हो । भोजपुरका पत्रकार मोहन तामाङले आफ्नो जन्मदिनको अवसरमा नेपाल पत्रकार महासङ्घ भोजपुरद्वारा सञ्चालित उक्त कल्याण कोषमा सहयोग गरेका छन् । जन्मदिनमा गरिने विभिन्न पार्टी, भोजमा फजुल खर्च गर्नुभन्दा पत्रकारकै हितमा कोषका लागि रु. पाँच हजार सहयोग गरेको तामाङले राससलाई बताए । यता नेपाल पत्रकार महासङ्घ भोजपुरका कार्यवाहक अध्यक्ष एक्सन राईले पनि सोही कोषमा रु. १० हजार रकम जम्मा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्