Techie IT
१० असोज २०७८, आईतबार

चट्याङमा परेर एकको मृत्यु


गलकोट, भदौ १७
बागलुङमा अविरल वर्षसँगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका ५० वर्षीय अशोक बुढाको चट्याङ लागेर गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घर नजिकैको पसलमा आवश्यक सामग्री खरिद गरेर फर्कने क्रममा मङ्गलबार साँझ अविरल वर्षासँगै परेको चट्याङले लागेर बेहोस भई लडिरेहेका अवस्थामा स्थानीयले उद्धार गरी घरमा राखिरहेको अवस्थामा गएराति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले राससलाई जानकारी दिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्