Techie IT
मंगलबार, कात्तिक ४,२०७७

अख्तियारले ताकेता गरेपछि सेक्युरिटी प्रिन्टिङ् प्रेस खरिदमा मुछिएका विजय मिश्रको वत्तव्य


काठमाडौं,भदौ १७

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकृयामा स्विस कम्पनिका स्थानिय प्रतिनिधीसँग ७० करोडको मोलमोलाइ गरेको अडियो सार्वजनिक भएलगत्तै भागेर जापान पुगेका विजयप्रकाश मिश्रलाई अख्तियारले पत्र काटेपछि त्यस विषयमा ध्यान केन्द्रित गर्दै मिश्रले एक वत्तव्य सार्वजनिक गरेका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रस खरिद प्रकृयामा ७० करोडको वार्गेनिङ गरेको समाचारप्रति उनले आफ्नो वत्तव्यमार्फत त्यसको खण्डन गर्दै आफु काम विशेसले जापान आएको,कोभिड-१९ को महामारीले गर्दा रोकिनु परेको बताउदै नेपाल आउने टिकट पनि काटी सकेको र सरकारले अन्तर्राष्ट्रिय उडान शुरु हुने वित्तिकै आफु नेपाल आएर अख्तियारमा आजिर हुने बताएका छन् ।

सो वक्तव्यमा अख्तियारले सो प्रकृयाको मुद्धामा आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गरेको जनाउदै यही अनुसन्धानको प्रकृयामा आफु दोसी ठहरिए सजायको भागी हुने बताउदै केही सञ्चारमाध्यमले अनावश्यक हल्ला फैलाउदै भागेर जापान गयो भन्ने हल्ला फैलाएको भन्दै त्यसलाई अस्विकार गर्दै वत्तव्य सार्वजनिक गरेका छन् ।

सेक्युरिटी प्रेस खरिद प्रकृयामा सञ्चारमन्त्री गोकुल वास्कोटासँग नाम जोडिएर विजयप्रकाश मिश्रको अडियो टेप सार्वजनिक भएको थियो । यस सम्वन्धमा अनुसन्धान गर्नको लागि अख्तियारले ७ दिने ताकेता गरेको छ । हेरौं यस प्रकृयामा ककस्को मिलेमोतो रहेको छ । त्यसको सथ्यतथ्य छानविन अख्तियारले गरोस् । निर्दोस् नफसोस् र दोषी उम्कन नपाओस् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्