Techie IT
बिहीबार, असोज १५,२०७७

राष्ट्रियसभाको दौडमा कस्ले बाजी मार्ला ?


काठमाडौं,भदौ १७

नेकपाभित्र चरमचुलीमा पुगेको विवाद दुवै अध्यक्षलाई सहमतिमा ल्याउनको लागि मध्यमार्गी बाटो अपनाएपछि केही मत्थर हुन लागेको बेला राष्ट्रियसभामा ६ महिनादेखि खाली रहेको संसद सदस्यको लागि पार्टीका उपाधयक्ष वामदेव गौतम र वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा मध्य कस्लाई पठाउने भन्ने विषय टुङ्गो लगाउन नसक्दा फेरि पार्टीको विवाद उल्टिने संकेत देखिएको छ ।गत फागुन १४ गते पार्टीको सचिवालय वैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिण्सभामा पठाउने सर्वसम्मत निर्णय गरेको थियो ।

यता अध्यक्ष केपी ओली भने राष्ट्रिय सभामा फेरि पनि अर्थमन्त्री खतिवडालाई नै लैजाने संकेत गरिरहेका छन् । यसैबिचमा अस्ति मात्रै पाटीका उपाधयक्ष वामदेव गौतमले अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड )लाई अलग अलग भेट गरेर आफु राष्ट्रियसभामा जान इच्छुक भएको बताइसकेका छन् ।

तर सानातिना कुरा सुन्दै नसुन्ने प्रधामन्त्री ओलीको बानीले फेरि निभ्न लागेको पार्टीभित्रको कलहको आगो सल्कनेपो होकी भन्ने मध्यमार्गी भएर पार्टी विभाजनबाट जाोगाउन कस्सिएका युवा नेता कार्यकर्तालाई चिन्ताले पिरोलिइरहेको छ ।

अर्थमन्त्री खतिवडाको राष्ट्रियसभा सदस्यको म्याद अव यही असोज २१ गते सकिदैछ । भोली भदौ १८ गते पार्टीको सचिवालयको वैठक बस्दैछ । सचिवालय वैठकले के निर्णय गर्नेछ ? अव हेरौ यस पालीको राष्ट्रियसभा दौडमा कस्ले वाजी मार्ने हो र पार्टीभ्त्रि सल्नि लागेको आगो कसरी निभ्ने हो त्यसको लेखाजोखा अवका केही दिनले नै गर्नेछ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्