Techie IT
शुक्रबार, असोज ९,२०७७

अवैध चाँदीको पायल सहित ३ जना पक्राउ


काठमाडौं भदौ १६

कपिलवस्तु,को कृष्णनगर नगरपालिका-४ घरवार नाकाबाट अवैध रुपमा ल्याएको करिब ५ केजीको चाँदीको पायल सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा शिवराज नगरपालिका-५ बस्नेहरु २० वर्षीय आकास वर्मा, २२ वर्षीय आनन्द वर्मा र ३२ वर्षीय होम बहादुर घर्ती रहेका छन् ।

प्रहरी चौकी सिर्सिहवा र सशस्त्र प्रहरी बलबाट खटिएको टोलीले भारतबाट नेपाल आउँदै गरेको बा.८ च २९५२ नम्बरको कार जाँच गर्ने क्रममा कारमा सवार उनीहरुलाई उक्त चाँदीको पायल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्