Techie IT
शुक्रबार, असोज ९,२०७७

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ


काठमाडौं भदौ १६

उदयपुरको त्रियुगा नगरपालिका-९ गैरुन बस्ने २४ वर्षीय दुर्गा मगरलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने अनिस चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

चौधरी समेत ४ जनाले मगरलाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न मध्ये चौधरीलाई पक्राउ गरेको हो ।

घाइते मगरको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।घटनामा संलग्न फरार अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्