विभिन्न मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

काठमाडौं भदौ १६
तनहुँको जिल्ला अदालत तनहुँको २०७१ फागुन १८ गतेको फैसलाले गौबध मुद्दामा १२ वर्ष कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी शुक्लागण्डकी नगरपालिका-२ दुलेगौडा बस्ने भरत थापा भन्ने ३१ वर्षीय बिशाल पुनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी जिल्ला अदालत तनहुँको २०७४ साउन ३१ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका भिमाद नगरपालिका-१ डुम्रेबेशी बस्ने बालकृष्ण भुजेल भन्ने २२ वर्षीय बल बहादुर घर्तीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्