Techie IT
शनिबार, असोज १०,२०७७

मृत अवस्थामा फेला


काठमाडौं,साउन २१

झापाको शिवसताक्षी नगरपालिका-३ माने चोक बस्ने प्रसाद योन्जनको छोरा १६ वर्षीय पासा तामाङको खोलामा डुबेर मंगलबार मृत्यु भएको छ । घर नजिकै रहेको सिङगारी खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।

बाँके, बैजनाथ गाउँपालिका-८ बस्ने २२ वर्षीय अमृत घर्ती मगरको सोही ठाउँस्थित खैरी नालामा माछा मार्ने क्रममा डुबेर मंगलबार मृत्यु भएको छ ।

सिन्धुपाल्चोक, पाँचपोखरी गाउँपालिका-२ बरुवा बस्ने ५५ वर्षीय कामी लामा थिङ घरबाट करिब पैदल आधा घण्टा टाढा मृत फेला परेका छन् । सोमबार घरबाट देउताको थानमा पूजा गर्न भनी हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा खड्कुलो खोलाको छहराको मुनि खोलामा मृत फेला परेका हुन् ।

बारा, निजगढ नगरपालिका-१३ डम्बरपुरस्थित सपही खोलाको बगरमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ बसामढी घर भई निजगढ नगरपालिका-१३ भक्तलाल बस्ने ८१ वर्षीय पदम बहादुर थिङ मंगलबार मृत फेला परेका छन् ।

कैलाली, टीकापुर नगरपालिका-१ शक्तिनगर बस्ने ४३ वर्षीय मोतीराम डगौरा सोही ठाउँ गणेशपुर शिविरस्थित दिपक चौधरीको घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, सुन्दरहरैंचा नगरपालिका-७ बस्ने ६६ वर्षीय टेक बहादुर तामाङ सोही नरपालिका-८ स्थित धान खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं, काठमाडौं महानगरपालिका-३२ सुविधानगरस्थित बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्