Techie IT
मंगलबार, असोज ६,२०७७

वाग्मती प्रदेशका एउटा विधेयक प्रमाणीकरण


मकवानपुर, भदौ १६
वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रमाणीकरण गरेका छन् । उनले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रेदश सभाबाट पारित भई आएको उक्त विधेयक आज प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए । सो विधेयक गत साउन ६ गते वाग्मती प्रदेश सभाबाट पारित भएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्