Techie IT
आईतबार, असोज ११,२०७७

नेपालमा थप १ हजार ६९ जनामा कोरोना संक्रमण, ४० हजार ५२९ पुगे संक्रमित !


काठमाडौं, १६ भदौं ।
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा मंगलबार थप १ हजार ६९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३ सय ९३, ललितपुरका ५८ जना र भक्तपुरमा ३० जना, गरी काठमाडौं उपत्यकामा थप ४ सय ८१ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको सङख्या ४० हजार ५२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ६८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ७ लाख ५ हजार ५८० जनाको पीसीआर परीक्षण गरिएको छ ।

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मृत्यु हुनेमा एक ४ वर्षीया बालिका र १० जना पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् । मृत्यु हुनेमा महोत्तरीका ३७ वर्षीय, सिराहा ६५ वर्षीय, पर्साका ५३, ८० र ६० वर्षीय, बाराका ६० वर्षीय, चितवनका ५२ वर्षिय, काठमाडौंका ७० र ३५ वर्षीय र मकवानपुरका ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या २३९ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको कमेन्ट लेख्नुहोस्