Techie IT
मंगलबार, असोज १३,२०७७

लिदी पहिरामा मृतक ३७ : अझै बेपत्ता २


चौतारा, भदौ १६
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. २ लिदीमा गत साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । सत्र वर्षीय सुवास पाख्रिनको शव आज भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । पहिरामा बेपत्ता दुई जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेकोे प्रहरीले राससलाई जनाएको छ । पहिरामा ३७ घर क्षतिग्रस्त र ३९ जना बेपत्ता भएका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्