Techie IT
मंगलबार, मंसीर १६,२०७७

सवारी दुर्घटनामा मृत्यु


काठमाडौं,साउन २१

पर्वतको मोदी गाउँपालिका-६ रातामाटास्थित सडकमा ग।१ त ६२७९ नम्बरको ट्रयाक्टर सडकबाट करिब १२ मिटर तल खसेर मंगलबार दुर्घटना हुँदा ट्रयाक्टरका सहचालक सोही गाउँपालिका(५ बाजुङ बस्ने २१ वर्षीय बिजय नेपालीको घटनास्थलमै मृत्यु भएको छ । ट्रयाक्टर चालक हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

सिरहा, कर्जन्हा नगरपालिकमा-४ बस्तीपुरस्थित सडकमा स।१ त ७४०२ नम्बरको ट्याक्टर र स।४ प ७२१० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका-३ शिस्बनी बस्ने २१ वर्षीय देबिन्द्र यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि फुलकुमारी मेमोरियल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटराइकलमा सवार धनुषा, धनुषाधाम बस्ने २३ वर्षीय बालकृष्ण यादवको सोही अस्तालमा उपचार भइरहेको छ । ट्रयाक्टर चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

मोरङ, रतुवामाई नगरपालिका-८ आँपडाडाँस्थित आमबारी रंगेली सडकमा मंगलबार दिउँसो साइकल अनियन्त्रत भई लड्दा सोही ठाउँ राधाकृष्ण टोल बस्ने ६० वर्षीय पदम प्रसाद भट्टराईको मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्