Techie IT
सोमबार, असोज १२,२०७७

निषेधाज्ञाको बीचमा इन्द्रजात्रा


काठमाडौं,भदौ १६

काठमाडौं उपतयकामा परम्परागत रुपमा मनाइदै आएको मौलिक परम्परा बोकेको साँस्कृतिक पर्व इन्द्रजात्रा निषेधाज्ञाको विचमा आज मनाइदैछ ।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वादसीको दिनदेखि मनाउने यस पर्वमा देवराज इन्द्रको पुजा अर्चना,जीवित देवी कुमारी,गणेश र भैरवको रथयात्राका साथै अन्य देवदेवीको पुजाआराधना गर्दै मनाइने गरिन्छ ।

वर्षा र सहकालका देवता इन्द्र र जीवित देवीका रुपमा मानिदै आएकी कुमारीको पुजा गरेर यन्द्रजात्राको शुरुवात गरिन्छ ।

इन्द्रजात्राको लिंगो ठड्याएपछि इन्द्रजात्राभरि लाखेनाँच,महाकाली नाँच,भक्कुनाँच,दशअवतारनाँच,देवराज इन्द्रको वाहन ऐरावत हात्तीनाँच नाँचेर आफ्ना नाता कुटुम्व बोलाएर भोज भतेर गर्दै रमाइलो गर्ने यो पर्व मनाउने चलन छ । काठमाडौं उपतयकाका नेवार समुदायले यो पर्व परम्परादेखि मनाउदै आएका छन् ।

तर यो वर्ष भने कोरोना संक्रमणले गर्दा उपत्यकामा भएको निषेधाका कारण घरघरमा सिमीत ब्यक्ति रहेर मात्रै इन्द्रजात्रा मनाइरहेका छन् । सरकारले यन्द्रजात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा पनि दिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्