कोरोना संख्या बढ्दै गएपछि संक्रमितको सेवा गर्ने स्वयंसेवक माग्यो स्वास्थ्य मन्त्रालयले

काठमाडौं,भदौ १६
देशभर कोरोनाको संख्या बढ्दै गएपछि अहिले भएको जनशक्तिले धान्न नसक्ने अवस्था आएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसन र क्वारेन्टिनमा रहेका कोरोना संक्रमितहरुको स्वास्थ्य उपचारमा रेखदेख गर्ने स्वाथ्य स्वयंसेवीहरुलाई आवेदन दिन आव्हान गरेको छ ।
त्यसका लागि मन्त्रालयको वेबसाइटमा गएर अनलाइन दिन सकिने जानकारी पनि मन्त्रालयले दिएको छ । तर कति जना आवश्यकता परेको भन्नेवारेमा भने मन्त्रालयले केही खुलाएको छैन ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्