गाई काटेको अभियोगमा पक्राउ

काठमाडौं,साउन २१
मालिका गाउँपालिका-५ घर भई बेनी नगरपालिका-८ कालीपुल डेरा गरी बस्ने हिरा रसाईली समेत ४ जनालाई गाई काटेको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले रसाईलीको डेरामा गाई काटिरहेको भन्ने सूचनाको आधारमा ३ थान दाउ, घन र २० केजी गाईको मासुसहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्