Techie IT
मंगलबार, कात्तिक ४,२०७७

नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण, ३९ हजार ४ सय ६० पुगे संक्रमित !


काठमाडौं,भदौ १५

देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा सोमबार थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना, गरी काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको सङख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।

विगत २४ घण्टामा ११ हजार १ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ९३ हजार ४ सय ७२ जनाको पिसिआर गरिएको छ। पछिल्लो २४ घण्टामा ५८८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै कोरोनाबाट निको भई घर फर्किएको सङ्ख्या २१ हजार ४९० पुगेको छ । अहिले देशभर १७ हजार ८ सय २१ सक्रिय संक्रमित छन्।विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। मृत्यु हुनेमा तीन महिला र चार पुरुष रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार महोत्तरीमा ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ वर्षीया महिलाको कोरोना संक्रमणबाट निधन भएको छ ।

त्यसैगरी झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या २२८ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्