सुशासन पत्रकारिता पुरस्कार न्यौपानेलाई

झापा, भदौ १५
नेपाल निजामती कर्मचारी सङ्गठनले प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कार पत्रकार सुब्रत न्यौपानेलाई प्रदान गर्ने भएको छ । प्रमोद तामाङको दशौँ स्मृति दिवसका अवसरमा आज आयोजित श्रद्धाञ्जलिसभामा संगठन झापाका अध्यक्ष केदार पोखरेलले यस वर्षको पत्रकारिता पुरस्कार न्यौपानेलाई, उत्कृष्ट राष्ट्रसेवक कर्मचारी पुरस्कार कृषि ज्ञान केन्द्र झापाका कार्यालय सहयोगी मीनबहादुर विष्ट र कचनकवल गाउँपालिकाका स्वास्थ्यकर्मी पुण्य बराललाई प्रदान गर्ने घोषणा गरे ।
राससका अनुसार उत्कृष्ट ‘सुशासन पत्रकारिता पुरस्कार’को राशि रू. सात हजार ५०० र उत्कृष्ट राष्ट्रसेवक कर्मचारी पुरस्कारको राशि रु. १० हजार १५१ रहेको सङ्गठनका सचिव तेजप्रसाद रेग्मीले बताए । सङ्गठनका केन्द्रीय उपमहासचिव चेतनाथ न्यौपाने, केन्द्रीय सदस्य तथा सिविए झापाका अध्यक्ष लक्ष्मी गुरागाईं, राष्ट्रसेवक सहकारी संस्था लिका अध्यक्ष वशिष्ठ अधिकारी, अगुवा सङ्गठन पत्रकारलगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा राष्ट्रसेवक सहकारी संस्थाका पूर्वअध्यक्ष स्व. तामाङको तस्वीरमा माला अबिर लगाएर श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्