Techie IT
बिहीबार, असोज १५,२०७७

बैरियरबाटै हुन्छ करोडौको अवैध धन्दा, संरक्षणमा जुटे पर्सा प्रहरी


काठमाडौं,भदौ १५

वीरगंज महानगरपालिकाको कर उठाउनको निम्ति भएको टेन्डर प्रक्रियाको नियमावली विपरीत बैरियरबाटै महानगरपालिकाको नामले करोडौको अवैध धन्दा चालु भएको छ । वीरगंज महानगरपालिकाले ४ करोड ९० लाख रुपैयाको सलानामा टेन्डर प्रक्रिया गरेपनि एक ठाउको सट्टा दर्जनौ ठाउँहरुमा व्यापक रुपले अवैध धन्दा चालु गरिएको हो ।

वीरगंज महानगरपालिका भित्र प्रवेश गर्ने भारतीय गाडीहरुबाट ठेकेदारले एक ठाउको सट्टा चार चार ठाउँहरुमा अवैध तरिकाले रकम असुली गरिरहेको पाइएको छ । वीरगंज महानगरपालिकाले गरेको टेन्डर प्रकृयामा महानगरपालिकाको बिभिन्न ठाउहरु गरी १८ वटा  ठाउँहरुमा बैरियरको माध्यमले कर उठाउन निर्देशन दिएपनि ठेकेदारहरुले प्रहरी प्रशासनकै संरक्षण पाए पश्चात २२ वटा ठाउहरुमा महानगरको नामले रकम उठाउन व्यस्त रहेको हेरिएका छन ।

ठेकेदार कम्पनीले यस्तो महामारीको समयमा छिमेकी राष्ट्र भारतबाट भित्रिने मालवाहक ट्रकहरुबाट प्रति दिन लाखौ रुपैया अवैध तरिकाले उठाउन सफल भएका छन । स्थानीय प्रहरी प्रशासनलाई मासिक लाखौ रुपैया ठेकेदारले दिए पश्चात अवैध तरिकाले भारतीय गाडीहरुबाट रकम उठाउन सफल भएको बैरियरकै कर्मचारीहरुले बताएका छन । स्थानीय प्रहरी प्रशासनदेखी लिएर जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला प्रशासन कार्यालय पर्सामा समेत नजराना बुझाउने गरेको कारण प्रहरी हस्तक्षेप नगरेको बताए ।

प्रहरी चौकीको १ सय मिटर पनि नपर्ने बैरियरबाट यसरी हुन्छ अवैध कारोवार;

पर्साको प्रहरी चौकी परवानिपुरबाट नजिकै लगाइएको बैरियर पूर्ण रुपले अवैध रहेपनि हालसम्म प्रहरीले हस्तक्षेप नगरेको पाइएको छ । वीरगंज महानगरपालिका भित्र रहेको बिभिन्न ठाउँहरुमा अवैध तरिकाले बैरियर संचालन गरी रकम उठाएपनि प्रहरी चौकी अगाडी समेत बैरियर संचालन गरी रकम उठाइरहेको पाइएको छ ।

यस बिषयमा आर्थिक राष्ट्रिय दैनिकका सम्वाददाता घटना स्थलमा पुगे पश्चात रकम उठाउने व्यक्ति बैरियर नै छोडि फरार समेत भएका थिए । रकम उठाउने व्यक्ति फरार भएपनि भारतीय गाडीहरुबाट रकम उठाउन छाडेका छैन्न, कारण हो प्रहरीको सहयोग । जिल्ला प्रहरी कार्यालय पर्सामा मासिक लाखौ रुपैया नजराना बुझाए पश्चात आफुहरु रोक्न समेत नसकेको प्रहरी चौकी परवानिपुरका प्रहरी श्रोतले जनाएको छ ।

एक जना भारतीय ट्रकका चालक अनुसार नेपाल प्रवेश गर्दा नियम कानुन थाहै नभएको कारण चार चार चोटी रसिद कटाउनु पर्ने बाध्यता भएको बताए । उनका अनुसार आफुहरुले रकम नदिदा डन्डा बताएर रकम लुटने काम गरिरहेको बताए । उनिहरुलाई रकम उठाउनको निम्ति स्थानीय प्रहरी समेत उनिहरुकै सहयोग गर्ने गरेको बताए ।

वीरगंज महानगरपालिकाले गरेको टेन्डरले गर्दा बैरियरकै माध्यमले बिचौलीयाहरुले समेत कमाई खाने भाडो बनाएका छन । नेपाल देशमा भारतीय गाडीहरु प्रवेश गर्दा प्रति दिन लाखौ रुपैया अवैध तरिकाले आय आर्जन गरेको घटना दुखदायी रहेपनि प्रहरी प्रशासन केही रकमको लोभमा परी आफ्नो देशको मान सम्मानलाई नै धराप पार्दै छन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्