Techie IT
आईतबार, असोज ४,२०७७

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


काठमाडौं,भदौ १५

कैलाली, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जानकी गाउपालिका-९ पुर्व खैरीफाँटा बस्ने २० वर्षीय दिपक कडारा र सोही ठाउँ बस्ने अन्य तीन जना १८ वर्षीय किशोरहरु रहेका छ्न् । काकाको घरबाट आफ्नो घरतर्फ फर्कदै गरेकी ती किशोरीलाई बिहीबार राति उनीहरुले स्थानीय खेतमा लगेर डरत्रास देखाई जबरजस्ती करणी गरी भागेको भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ ।
मकवानपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बकैया गाउँपालिका-६ ज्यामिरे बस्ने २४ वर्षीय सूर्य लुम्बालेलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई घरमै बसेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रतनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्