प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं,साउन २१
चितवनको राप्ती नगरपालिका-१ स्थित सडकमा सवारी साधन जाँच गर्ने क्रममा ड्यूटीमा रहेका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ना।७ ख ८१९ नम्बरको ट्रक चालक रौतहट राजपुर नगरपालिका-३ पोखरिया टोल बस्ने ३२ वर्षीय अब्दुल मनान देवान र सहचालक राजपुर नगरपालिका-३ पोखरिया टोल बस्ने २५ वर्षीय महमद सितार रहेका छन् ।
रौतहटबाट नारायणगढतर्फ जाँदै गरेको ओभर लोड इँटा बोकेको ट्रकलाई अस्थाई प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रहरीलाई जबरजस्ती घुस दिन खोजेपश्चात दुबैजनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्