Techie IT
१५ साउन २०७८, शुक्रबार

आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट


काठमाडौं ।

धनकुटाको चौबिसे गाउँपालिका-१ फेदापजुङ बस्ने नबिन थापाको घरमा करेन्ट सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, भाडाबर्तन र नगद १ लाख रुपैयाँ गरी करिब ३० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्