Techie IT
बुधबार, कात्तिक ५,२०७७

केन्द्रिय प्रयोगशाला टेकुले कोरोना जानकारी भन्दै यसरी गर्दैछ झुठको खेती


काठमाडौं : काठमाडौंको टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोनालाई लिएर झुटको खेत गर्दै आएको छ । विश्वमा संक्रमण रोग फैलदै गएपछि र सो रोगका बिरामी नेपालमा समेत भेटिएपछि २०७६ चैत्र ११ देखि नेपालमा बन्दाबन्दी (लकडाउन) सुरु गरिएको थियो । सुरुमा एक मात्र कोरोना परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु रहेको थियो भने हाल विभिन्न २२ भन्दा बढि प्रयोगशालाहरुबाट कोरोना परिक्षण गरिदै आएको छ ।

पछिल्लो समय कोरोनामा राजनीति भयो भन्दै चौतर्फी आवाज उठिरहेको अवस्थामा केन्द्रिय प्रयोगशाला टेकुले समेत आम जनतालाई झुक्याउने गरेको फेला परेको छ । कोरोना सम्बन्धी जानकारी भनेर प्रयोगशालाले आफ्नो आधिकारीक वेबसाइटमा राखेको सम्पूर्ण विवरणहरु गलत रहेको पाइएको छ ।

जनताहरु आफै त्रसित रहिरहेको अवस्थामा सहि सूचना दिनबाट भाग्ने प्रयोगशालाको नियत यसबाट प्रष्ट भएको छ । वेबसाइटमा कोरोना रिपोर्ट भनेर दिइएको मोबाइल नं.९८४१९९३९२६ हिजो आइतबारदेखि लगातार सम्पर्क गर्न खोज्दा स्विच अफ रहेको छ भने बेवसाइटमानै राखिएको अर्को ल्याण्डलाईल नं. समेत परिवर्तन भैसकेको छ । यस सम्बन्धी जानकारी लिन प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्तालाई पटक पटक सम्पर्क गर्दा समेत फोन रिसिभ भएन ।

 

पछिल्लो समय सरकारले कोरोनाको विवरण लुकाएको भन्ने सम्मका आरोप लाग्दै आएको छ । केन्द्रिय प्रयोगशालाले नै आफ्नो आधिकारीक जानकारी किन गलत राख्यो भन्ने जिज्ञासा बढ्दै गएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार