Techie IT
मंगलबार, मंसीर १६,२०७७

कोरोना संक्रमित ठाउँबाट जिल्ला भित्रिएका नागरिकबाट संक्रमणको जोखिम


सोलुखुम्बु भदौ १५
सोलुखुम्बुमा सडक मार्ग हुँदै काठमाडौँलगायतका ठाउँबाट भित्रिने यात्रुको विषयमा समन्वयको अभाव देखिएको छ । कोरोना संक्रमणको इपिसेन्टर मानिएको काठमाडौँ तथा अन्य जिल्लाबाट भित्रिने यात्रुको सवालमा जिल्लाका प्रहरी, प्रसाशनदेखि स्थानीय सरकार समेत बेखर देखिएका छन् ।

कोरोनाको प्रकोपको समयमा बाहिरबाट आउनेको तथ्याङ्क राख्नेदेखि आएकाहरूलाई क्वारेन्टिनमा राख्नेसम्मको काम गर्नुपर्ने भए पनि सरोकारवाला निकाय भने त्यसमा बेखबरजस्तै देखिएका छन् । को कहाँबाट आयो र कुन ठाउँमा रहेको छ भन्ने विषमा कुनै जानकारी राखिने गरिएको छैन ।

काठमाडौंबाट सोलुखुम्बु आउँदा उताबाट दिइने पासका विषयमा आफूहरूलाई कुनै पनि जानकारी नहुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले बताइन् । जिल्लाका लागि पास उपलब्ध गराउँदा जिल्लाका प्रहरी, प्रशासन कसैलाई जानकारी नगराउँदा समस्या भएको शाहीको भनाइ छ ।

शनिबार मात्रै दुवईबाट फर्किएका सोलुदुधकुण्ड नगरपालिकाका एक जना र काठमाडौँबाट महाकुलुङ गाउँपालिकाका १ जना सोलुखुम्बु भित्रिएका छन् । तर प्रहरी तथा प्रशासनलाई त्यस विषयमा पूर्वजानकारी नहुँदा उनीहरूको व्यवस्थापनमा चुनौती खडा भएको सहायक प्रजिअ शाहीको भनाइ छ ।

यसरी बाहिरबाट आउनेको विषयमा जानकारी नहुँदा उनीहरूबाट अन्य व्यक्तिलाई कोरोना सरेमा कन्ट्र्याक्ट टेसिङमा समस्या हुने जोखिम बढेको छ । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरू बिनाजानकारी जिल्ला प्रवेश गर्ने गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी टेकुनन्द इवा लिम्बुले बताए ।

सडकमार्ग हुँदै भित्रिएका उनीहरूलाई जिल्ला भित्रिने एक मात्र नाका सोलुदुधुण्ड नगरपालिका वडा नम्बर ८ मा रहेको पत्ताले प्रहरी चौकीले नियन्त्रणमा लिएर क्वारेन्टिनमा व्यवस्थापन गर्नेगरेको छ । तर समन्वय नहुँदा को कहाँबाट सोलुखुम्बु भित्रिँदै छ भन्नेबारे आफूहरू पनि अनभिज्ञ हुनेगरेको डीएसपी लिम्बुको भनाइ छ । आउनेहरूले समेत ठेगाना नै लुकाउने गरेकाले पनि समस्या भएको प्रहरीको भनाइ छ ।

यसरी बिनाजानकारी नागरिक जिल्ला भित्रिँदा कोरोनाको जोखिम उच्च हुने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । पत्तालेमा समेत २४सै घण्टा कर्मचारी बसेर चेकजाँच गर्न नसक्दा रातिको समयमा जिल्ला भित्रिने नागरिक सिधै घरसम्म पुग्ने गरेको पाइएको छ । जसबाट थप जोखिम बढ्ने देखिएको छ । घर पर्किने व्यक्तिहरूले पनि आफ्नै लागि हो भन्ने विषयमा ध्यान दिनुपर्ने देखिन्छ । जिल्लामा अहिलेसम्म कोरोनाको अवस्था सामान्य भए पनि यसै कारण पछि थप जोखिम बढ्ने स्थानीयको भनाइ छ । यसतर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्ने स्थानीयको माग छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्