Techie IT
बिहीबार, कात्तिक ६,२०७७

भरुवा बन्दुकसहित पक्राउ


काठमाडौं,साउन २१

बाँकेको राप्तीसोनारी गाउँपालिका-४ खरघट्टीबाट २ नाल भरुवा बन्दुकसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५० वर्षीय राम बली चौधरी र ६१ वर्षीय बिष्णु प्रसाद चौधरी रहेका छन् ।

घरमा भरुवा बन्दुक लुकाइछिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र सिमा प्रहरी चौकी सुईयाँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्