Techie IT
शनिबार, असोज १०,२०७७

आगलागीबाट विभिन्न धनमाल नष्ट


काठमाडौं, भदौ १४

नवलपरासी (पूर्व)को कावासोती नगरपालिका-९ बस्ने धनिराम चौधरीको भान्साकोठामा खाना पकाउने क्रममा ग्याँस लिक भई शनिबार साँझ आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कपिलवस्तुको बुद्धभूमी नगरपालिका-१० बिजगौरीस्थित सोही ठाउँ बस्ने ४२ वर्षीय अहमद अलि खानको मोबाइल पसलमा विद्युत सर्ट भई शुक्रबार राति आगलागी हुँदा २ थान कम्प्युटर, १ थान ल्यापटप, १ सय ४ थान मोबाइल, ६ थान बुफर र ३ थान पंखा लगायतका सामान जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बाराको कलैया उपमहानगरपालिका-२० बसतपुर बस्ने सफिउल्लाह मिया अंसारीको घरमा लामखुट्टे धपाउन बालेको धुपबाट शनिबार राति आगलागी हुँदा सोही ठाउँ बस्ने हाकिम अंसारीको घर समेत जलेर दुवै जनाको गरी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्