खोलामा डुबेर मृत्यु

काठमाडौं, भदौ १४
झापाको भद्रपुर नगरपालिका-४ महेशपुर बस्ने १८ वर्षीया कमला चेम्जोङको देउनिया खोलामा डुबेर शनिबार मृत्यु भएको छ ।
निगुरो खोज्न गएको बेला खोलामा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको ओम साई पाथिभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्