मृत अवस्थामा फेला

काठमाडौं, भदौ १४
पर्वतको मोदी गाउँपालिका-५ पातिचौर बजारमा कपडाको पसल गरी बस्ने ३३ वर्षीय खेम राज अधिकारी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
शुक्रबार खसी खोज्न भनी सोही गाउँपालिका-५ बाजुङ सिमली खेत गएकोमा घर नफर्की सोही ठाउँ बस्ने कर्ण बहादुर कुंवरको घरमा बास बसेका उनी सुतिरहेको कोठामा मृत फेला परेका हुन् ।
मुगुको सोरु गाउँपालिका-६ सोरो बजारबाट करिब ३ सय मिटर टाढा सोरुतारापानी जाने बाटोमा करिब ३२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी(पूर्व)को गैडाकोट नगरपालिका(११ भेडाबारी पितौजीघाटस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन, नखुलेका करिब २५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
चितवनको भरतपुर महानगरपालिका-३ न्यूरोडस्थित लाफा होटल नजिक हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
दाङको घोराही उपमहानगरपालिका-११ तेरेनीस्थित पत्रेफाल्ने खोलाको कुलोमा तुलसीपुर उपमहानगरपालिका-१८ बस्ने ४० वर्षीय तेज बहादुर खड्का शनिबार मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्