Techie IT
शुक्रबार, असोज ९,२०७७

भन्सार छलेर ल्याउँदै गरेको विभिन्न सामान बरामद


काठमाडौं, भदौ १४

कैलालीको धनगढी उपमहानगरपालिका-२ बाट बेवारिसे अवस्थामा रहेको से.१ च २८९ नम्बरको जिपमा भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याउँदै गरेको करिब २ लाख ३० हजार रुपैयाँ मूल्य बराबरको २ सय प्याकेट सुपर पावर सुर्ती शनिबार बिहान प्रहरीले बरामद गरेको छ ।

यसैगरी धनगढी उपमहानगरपालिका-२ कृष्णनगर टोलस्थित सडक छेउबाट भारतबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको ५ कट्टा जिरा, ७ सय प्याकेट सुपरपावर सुर्ती शनिबार बिहान प्रहरीले बरामद गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी ल्याउँदै गरेको उक्त सामान फेला पारी बरामद गरेको हो । बरामद सामान जीप सहित आवश्यक कारवाहीका लागि भन्सार कार्यालय त्रिनगर पठाइएको उक्त कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्