Techie IT
मंगलबार, मंसीर १६,२०७७

चोरीका सामानसहित २ जना पक्राउ


काठमाडौं,भदौ १४

कास्की,को पोखरा महानगरपालिका-१२ बाट चोरीका सामानसहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१२ बस्ने वाईरिङको काम गर्ने २३ वर्षीय सन्तोष लामिछाने र २० वर्षीया रोशनी थापा मगर लामिछाने रहेका छन् ।

सोही महानगरपालिका-१३ गौडाकोमुखस्थित जयगंगा मार्गमा स्थायी घर भई हाल अष्ट्रेलिया बस्दै आएका ठाकुर प्रसाद पोख्रेलको घरबाट बुधबार राति टिभी, कुकर, भाँडावर्तन र लत्ताकपडा समेत गरी करिब १ लाख ९६ हजार रुपैयाँ बराबरको सामान चोरी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजार समेतबाट खटिएको प्रहरी टोलीले चोरी भएको उक्त सामान सहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर आवश्यक कानूनी कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्