Techie IT
मंगलबार, कात्तिक ४,२०७७

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं,भदौ १४

चोरी मुद्दाका फरार प्रतिवादी कैलालीको धनगढी उपमहानगरपालीका-१० घुईयाघाट बस्ने २५ वर्षीय दिनेश रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कैलालीको २०७६ जेठ १५ गतेको फैसलाले मोटरसाइकल चोरी मुद्दामा १ लाख ७० हजार रुपैयाँ जरिवाना र ६ दिन कैद सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत कैलाली दाखिला गराइएको उक्त कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्