Techie IT
१५ साउन २०७८, शुक्रबार

मृत अवस्थामा फेला


काठमाडौं ।

नवलपरासी(पूर्व)को देवचुली नगरपालिका-१७ कुजौलीस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

तनहुँको शुक्ला गण्डकी नगरपालिका-५ कसेरी घाटस्थित सेती नदीमा हाल नाम,थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

डडेल्धुराको पर्शुराम नगरपालिका-६ कुणास्थित महाकाली नदीको किनारमा हाल नाम, थर, वतन र उमेर नखुलेकी महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्