Techie IT
बुधबार, कात्तिक ५,२०७७

चोरीको मोटरसाइकल सहित २ जना पक्राउ


काठमाडौं,भदौ १४

बाराको कलैया उपमहानगरपालिका-४ स्थित बिगन महतोको घरबाट चोरी भएको बा.७६ प १६९४ नम्बरको मोटरसाइकल सहित सिम्रौनगढ नगरपालिका.९ स्थित अडुवा खोलाको पुलबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका.३ बस्ने १९ वर्षीय सरफराज मियाँ र सोही ठाउँ बस्ने २२ वर्षीय जफिर आलम रहेका छन् ।

बारा देवताल गाउँपालिका.३ बस्ने राजु कुमार कुशवाहाको उक्त मोटरसाइकल र मोबाइल समेत चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरीले उनीहरुले चोरी गरेको मालसामान तथा ४ थान मोबाइल लिई सोही मोटरसाइकलमा भागिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर चोरी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्