Techie IT
बुधबार, मंसीर १७,२०७७

अवैध लागूऔषधसहित पक्राउ


काठमाडौं,भदौ १४

सुनसरीको कोशी गाउँपालिका-८ भाण्टाबारीबाट नियन्त्रित लागूऔषध १ सय ट्याबलेट नाइट्रोसन, ५ सय ५२ ट्याबलेट एसपी र एक सय एमएलको ३३ बोतल कोरेक्स सहित सोही ठाउँ बस्ने २२ वर्षीय सुसिल शर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र सिमा प्रहरी चौकी भाण्टाबारीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।यस्तै गरेर चितवनको राप्ती नगरपालिका-१० चिप्लेटीबाट अवैध लागूऔषध २ केजी ५ सय ग्राम गाँजा सहित सोही नगरपालिका-९ बस्ने ३७ वर्षीय दिपक तितुङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले ना.४४ प ६९२२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा तितुङलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।यस्तै बाँकेको डुडुवा गाउँपालिका-५ कमरासाबाट १० केजी लागूऔषध गाँजाको धुलो सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भे.४ प १२८८ नम्बरको मोटरसाइकलमा सवार राप्ती सोनारी गाउँपालिका-५ गोरधुई बस्ने २४ वर्षीय राम बहादुर चौधरी र मोटरसाइकल चालक कोहलपुर नगरपालिका-११ बस्ने ४२ वर्षीय बिसराम थारु रहेका छन् । ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्