Techie IT
९ असार २०७८, बुधबार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट


काठमाडौं ।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-३ चाम्बोटे बस्ने मन कुमारी घलेको कच्ची घरमा करेन्ट सर्ट भई मंगलबार राति आगलागी हुँदा घर, नगद ५० हजार रुपैयाँ र सुनका गहना लगायत विभिन्न सामान जलेर करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

म्याग्दीको बेनी नगरपालिका-२ हाडेभिरस्थित मालिका आयल स्टोर्समा ना.४ ख ९४३४ नम्बरको ट्याङकरबाट पेट्रोल अनलोड गर्ने क्रममा पाईपमा अचानक बुधबार राति आगलागी हुँदा पाईप र नजिकै रहेको तेलको ड्रम जलेर नष्ट भएको छ । साथै उक्त आगो निभाउने क्रममा आगोले जलेर गम्भीर घाइते भएका सोही ट्याङकरका सहचालक धादिङ धार्के घर भएका १७ वर्षीय मनिष कोईरालालाई बेनी अस्पताल हुँदै थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ ।

प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्