Techie IT
सोमबार, असोज १२,२०७७

कोरोनाबाट प्रदेश २ मा थप सात जनाको मृत्यु


जनकपुरधाम, भदौ १४
कोरोना संक्रमणबाट प्रदेश २ मा थप सात जनाको मृत्यु भएको छ । शनिबार पर्सामा तीन जना, महोत्तरी र सिरहामा दुई/दुई जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए । यसभन्दा पहिले शुक्रबार पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १२ मुरलीको ४८ वर्षीय पुरुष, मनियारी २२ पर्साका ३७ वर्षीय पुरुष र वीरगञ्ज १२ को ६५ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै महोत्तरीको भंगहा नगगरपालिका वडा नं. १ का ३५ वर्षीय पुरुष र पिपरा गाउँपालिका वडा नं. ७ को ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सिरहाको सुखीपुर नगरपालिका वडा नं. ८ का ५५ वर्षीय पुरुष र लहान नगरपालिका वडा नं. १८ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ । कोरोनाबाट पर्सामा ३३, बारामा १३, धनुषामा १२, महोत्तरीमा आठ, सिरहामा सात, सप्तरीमा पाँच, रौतहट र सर्लाहीमा तीन/तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्