काठमाडौंबाट चापाकोट जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा दुइजनाको मृत्यु
काठमाडौं,भदौ १४
काठमाडौंबाट स्याङ्जाको चापाकोट जाँदै गरेको एम्बुलेन्स आज विहान वालिङ नगरपालिका वडा नम्वर ५ चापाकोट जाने बाटोमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
विरामीलाई काठमाडौं छोडेर गर्ववती महिलालाई लिएर स्याङ्जाको चापाकोट फर्किने क्रममा उक्त बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका चापाकोट न.पा. -१० का २५ वर्षीय श्याम पंज्ञेनी र चापाकोट-९ का ३५ वर्षीय भानुभक्त गैरेको उपचारको क्रममा मृत्यु भएको छ । सोही एम्बुलेन्सका चालक सुरेन्द्र भण्डारी र पवित्रा गैरेको पोखरामा उपचार भइरहेको छ ।
स्मरण रहोस् वालिङ-चापाकोट सडकमा वर्षमा एक दुइ वटा सडक दुर्घटनाबाट यात्रुले ज्यान गुमाउनु परेको अवस्था छ । यसतर्फ प्रशासनिक निकायले ध्यान पु-याएर घट्नाको न्युनिकरण गर्नु जरुरी रहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्