Techie IT
शुक्रबार, मंसीर १९,२०७७

भद्रकालीमा गोली हानेर आत्महत्या !


काठमाडौं,भदौ १४
भद्रकाली स्थित रिपुरर्दन पेट्रोल पम्पमा डिउटीमा रहेका नेपाली सेनाका एक जबानले १४ गते बिहान कन्चटमा गोली हानी आत्महत्या गरेका छन् ।

तनहु घर भई आपुर्ति तथा परिबहन गणमा कार्यरत सिपाही दामोदर क्षेत्रीले डिउटीमा रहदा आफैले बोकेको (एसएलआर) हतियारबाट कन्चटमा गोली हानी आत्महत्या गरेका हुन् । उनले के कारणले त्यसरी आत्महत्या गरेका हुन भन्ने कुरा खुल्न सकेको छैन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्