Techie IT
१६ माघ २०७९, सोमबार

मदन भण्डारी फाउण्डेशनले मकवानपुरमा ‘खाद्य बैंक’ सञ्चालन गर्ने


काठमाडौं,भदौ १३

मदन भण्डारी फाउण्डेशन मकवानपुरले हेटौँडामा ‘खाद्य बैंक’ सञ्चालन गर्ने भएको छ । कोरोना महामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका तथा विपन्न परिवारलाई लक्षित गरेर फाउण्डेशनले अभियानका रूपमा खाद्य बैंक सञ्चालन गर्न लागेको हो ।

फाउण्डेशनले आगामी सोमबारदेखि हेटौँडाको अटोल्याण्ड चोकमा खाद्य पदार्थको सङ्कलन तथा वितरण केन्द्र स्थापना गर्न लागेको फाउण्डेशनका जिल्ला अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिएका छन.।

कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक सङ्कटले बिहान–बेलुकाको हातमुख जोर्ने माध्यम गुमेका तथा न्यून आय भएका परिवारलाई लक्षित गरेर खाद्य बैंक सञ्चालन गर्न लागिएको उनले बताए ।

फाउण्डेशनले सोमबारबाट ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने अभियान शुरु गर्न लागेको उनको भनाइ छ । अभियानमा नगद तथा जिन्सी दुवै सहयोग गर्न सकिने उले राससलाई जानकारी दिए । खाद्य बैंकले आवश्यकताका आधारमा जिल्लामा सञ्चालनमा रहेका आइसोलेशन, क्वारेन्टिन तथा वृद्धाश्रममा समेत सहयोग गर्ने उनले बताए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्