डुबेर मृत्यु

काठमाडौं,भदौ १३
कपिलवस्तु नगरपालिका-७ धमौली बस्ने जैसराम अहिरको डेढ वर्षीय छोरा पंकज अहिर घर नजिकै रहेको खाल्डोमा जम्मा भएको पानीमा डुबेर शुक्रबार मृत्यु भएको छ ।
मोरङ, बुढिगंगा गाउँपालिका-५ बस्ने २१ वर्षीय ब्रहदेब ऋषिदेब सोही स्थानमा रहेको नहरमा डुबेर शुक्रबार मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको बिराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१७ धोब्बे बस्ने विष्णु विकको २ वर्षीय छोरा विराज विकको घर नजिकै रहेको कुलोमा डुबेर शनिबार मृत्यु भएको छ ।
सुनसरी, भोक्राहा नर्सिङ गाउँपालिका-८ सोहीयाहीस्थित जमेको पानीमा माछा मार्ने क्रममा डुबेर ईनरुवा(- बस्ने कर्मुल मियाको १२ वर्षीय छोरा बसिम मियाको शनिबार मृत्यु भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्