जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं,भदौ १३
म्याग्दीको २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धौलागिरी गाउँपालिका-४ मुदी बस्ने ३४ वर्षीय केशव घर्तीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
घर्तीले ती महिलालाई २०७७ जेठ १६ गते ललाई फकाई अनुचित प्रभावमा पारी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत म्यागदीबाट १० दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्