Techie IT
बिहीबार, कात्तिक ६,२०७७

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ


काठमाडौं,भदौ १३

मोरङको बेलबारी नगरपालिका-५ बस्ने ४० वर्षीय चन्द्र कुमार राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय जितेन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सामान्य वादविवादमा जितेन चौधरी लगायत ४ जनाको समुहले राईलाई धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि बिराट मेडिकल कलेज बिराटनगर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न फरार अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्