Techie IT
१९ साउन २०७८, मंगलबार

अवैध लागूऔषधसहित पक्राउ


काठमाडौं,भदौ १३

ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट नियन्त्रित लागूऔषध १० पिस डाईजेपाम, १० पिस फेनेरागन, १४ पिस नुर्फिन र ३१ चक्की नाईट्रोभेट ट्याब्लेट सहित महालक्ष्मी नगरपालिका-६ ईमाडोल बस्ने ३२ वर्षीय उजन ध्वज जोशी श्रेष्ठ लगायत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग मङगलबजारबाट खटिएको प्रहरीले बा.१० च १९७६ नम्बरको कार जाँच गर्ने क्रममा कारमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१४ कदम मार्गस्थित रोशनी एण्ड खाजा घरका संचालक सोही ठाउँ बस्ने स्याङ्जा भिरकोट नगरपलिका-४ घर भएका ३८ वर्षीया सुजता खत्रीलाई ६ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजा घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले खाजा घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध गाँजा फेला पारेको हो ।

सर्लाही, मलंगवा नगरपालिका-११ बस्ने २० वर्षीय रुपेश राय नियन्त्रित लागूऔषध एकसय एमएलको वारलेक्स १ सय बोतल सहित शुक्रबार दिउँसो पक्राउ परेका छन् ।

मलंगवा नगरपालिका-९ स्थित सशस्त्र प्रहरी बल सुरक्षा बेश क्याम्प मलंगवाबाट खटिएको प्रहरीले बिआर ३० एच ६३२३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार २ जना मध्ये उनलाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त परिमाणको लागूऔषध सहित फेला पारेको थियो ।

साथै फरार भएका सोही मोटरसाइकलमा सवार १ जना व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । सशस्त्र प्रहरी बल सुरक्षा बेश क्याम्प मलंगवाबाट खटिएको प्रहरीले रायलाई बरामद भएको लागूऔषध तथा मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्