Techie IT
२० साउन २०७८, बुधबार

भरुवा बन्दुकसहित पक्राउ


काठमाडौं,भदौ १३

बाजुरा, बडीमालिका नगरपालिका-७ रजातोली तल्लो पलान बस्ने सुरेन्द्र ल्वार र दल बिरे चदारालाई २ नाल भरूवा बन्दुक, हतियारमा प्रयोग हुने सरियाको १० थान ठुलो गोली, ३१ थान सानो गोली, १० थान घरेलु केप र करिब १२ ग्राम बारूद जस्तो देखिने कालो पदार्थ सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो । साथै प्रहरीले सोही ठाउँ बस्ने गोरख ल्वारको घरबाट १ नाल भरूवा बन्दुक, ३ थान सरियाको गोलीको टुक्रा र करिब १२ ग्राम बारूद जस्तो देखिने कालो पदार्थ समेत बरामद गरेको छ । फरार गोरख ल्वारको प्रहरीले खोजी गरिरहेको छ ।

खोटाङ, ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरी थापा गाउँ बस्ने २३ वर्षीय मानकाजी तामाङलाई १ नाल भरुवा बन्दुक सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । बारीमा बाँदर धपाउन मानकाजीले पड्काएको भरुवा बन्दुकको छर्रा लागि सोही ठाउँ बस्ने ईन्द्र कुमार तामाङको १२ वर्षीय छोरा शैलेन्द्र तामाङको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ऐंसेलुखर्कबाट खटिएको प्रहरीले तामाङलाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्