Techie IT
बिहीबार, मंसीर १८,२०७७

नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण, ३७ हजार ३ सय ४० पुगे संक्रमित !


काठमाडौं,भदौ १३
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा सनिबार थप ८ सय ८४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १५५ जना, ललितपुरमा १९ जना र भक्तपुरमा १२ जना गरी काठमाडौं उपत्यकामा १८६ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् । हालसम्म उपत्यकामा ५ हजार ८० जना संक्रमित पुगेका छन्।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको सङख्या ३७ हजार ३ सय ४० पुगेको छ। विगत २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। यो सँगै २० हजार ५ सय ५५ जना निको भएर घर फर्किसकेका छन्। यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेका छ । जसमा होम आइसोलेसनमा ६ हजार ४४५ जना र संस्थागत आइसोलेसनमा १० हजार १४५ जना रहेका छन् । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप १२ जनाको मृत्यु भएको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या २०७पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्