Techie IT
आईतबार, मंसीर २१,२०७७

सङ्क्रमणमुक्त किशोरीको अभिभाकत्व नमोबुद्ध नगरपालिका प्रमुख तिमल्सिनाले ग्रहण गरे


काठमाडौं,भदौ १३

काभेंको नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले कोरोना सङ्क्रमणबाट मक्त भएकी एक किशोरीको शिक्षाका लागि अभिभावकत्व ग्रहण गरेका छन. । सङ्क्रमणमुक्त भई घर फर्केकी नमोबुद्ध नपा–५ को किशोरीको शुक्रबार घरमै गई तिमल्सिनाले स्नातकसम्मको शिक्षाका लागि अभिभावकत्व ग्रहण गरेका ह्न.।

किशोरीको आर्थिक अवस्था कमजोर रहेको थाहा पाएपछि उनको शिक्षाको अभिभावकत्व ग्रहण गरेको तिमल्सिनाले राससलाई बताए । “चिकित्सक एवं स्वास्थ्यकर्मीलाई दुव्र्यवहार भइरहेका बेला कोरोना सङ्क्रमितलाई दुव्र्यवहार हैन, हौसला प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले उनको अभिभावकत्व ग्रहण गरेको हुँ”, उनले भने ।

किशोरी हाल कक्षा १२ मा अध्ययनरत छिन. । किशोरीको परिवारमा छ सदस्य छन् । परम्परागत रुपमा सामान्य खेतीपाती गर्दै आएको परिवारको आर्थिक अवस्था एकदमै कमजोर रहेको छ ।

नगरप्रमुख तिमल्सिनाले आफ्नो घरसम्मै आएर हौसला प्रदान गरेकोमा सङ्क्रमणमुक्त किशोरीले खुशी व्यक्त गरेकी छिन. । उनले भनिन., “मेरो शिक्षाका लागि उनले अभिभावकत्व ग्रहण गर्नुले आफूलाई अझै अध्ययनमा हौसला मिलेको छ ।”
किशोरीमा कोरोना सङ्क्रमण देखिएपछि गत साउन ३१ गतेदेखि धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो । नमोबुद्ध नगरमा हालसम्म भएका छ सङ्क्रमितमध्ये चार सङ्क्रमणमुक्त भैसकेका छन् ।

नगर प्रमुख तिमल्सिनाले विगतदेखि नै व्यक्तिगत तर्फबाट विपन्न र जेहेन्दार विद्यार्थीको शिक्षाका लागि सहयोग गर्दै आएका छन. । उनले आफ्नो जन्मदिनको अवसर पारेर गत बुधबारमात्रै रु एक लाखभन्दा बढी रकम विद्यार्थीको शिक्षाका लागि प्रदान गरेका थिए ।

यसैबीच, काभ्रेपलाञ्चोकमा हालसम्म २१९ लाई कोरोना सङ्क्रमण भएको छ । यसमध्ये एक पुरुष र एक महिलाको मृत्यु भैसकेको छ भने ८१ उपचारपछि घर फर्किएको र १३६ विभिन्न स्थानको आइसोलेशनमा उपचाररत रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्